रेशमलाई फर्जी पक्राउ पत्र लेख्ने महिमान दोषी ठहर


खबरस्टोरी संवाददाता
२२ चैत्र २०८२, आईतवार
रेशमलाई फर्जी पक्राउ पत्र लेख्ने महिमान दोषी ठहर

काठमाडौं । लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई दोषी ठहर गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका तत्कालीन अध्यक्ष रेशमलाल चौधरीलाई पक्राउ गर्न फर्जी पत्र जारी गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन् । गत वर्षको वैशाख १७ गते शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा चौधरी पक्राउ परेका थिए ।

चैत २२ गते जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले शाखा अधिकृत विष्टलाई दोषी ठहर गरेको हो । अदालतले उनीविरुद्ध थप कसुर ठहर सजाय निर्धारणको लागि पेश गर्ने आदेश गरेको छ ।