गीतमा देश परिवर्तनका लागि सशस्त्र जनयुद्धमा होमिएका माओवादी छापामारको अभावलाई कथावस्तु बनाइएको छ ।
माओवादी युद्धकै बलमा देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता परिवर्तनहरु भए पनि परिवर्तनका लागि लड्ने योद्धाहरुमा अपेक्षित परिवर्तन आउन नसकेको भाव गीतमा प्रस्तुत गर्न खोजिएको छ ।
प्रकाश आफै र नायिका सुरक्षा पन्तले अभिनय गरेका गीतमा माओवादी छापामार महिलाहरु आर्थिक अभावका कारण विदेशिनुपरेको त कति देहब्यापारमा लागेको भाव समेटिने गरी म्युजिक भिडियो तयार पारिएको छ ।
सपुतको आलोचना गर्दै तत्काल सच्याउन अपिल
भूमिगतकालमा जनवादी विवाह गरेका जोडी शान्ति प्रक्रियामा आएपछि अभावमा बाँच्नु परेको भावसहितको दृष्यांकन गरिएको कथा निकै मार्मिक छ । तर सपुतले महिला छापापार त्यहि अभावपूर्तिका लागि अहिले देहब्यापारमा लागेको दृष्य समेटेका छन् । यहि दृष्यले गर्दा प्रकाश सपुत विवादित बनेका छन् । माओवादी छापामार महिलाहरु देहब्यापारमा लागेको सन्देश प्रवाह गरिएको भन्दै माओवादी पृष्ठभूमिका नेता कार्यकर्ताले सपुतको आलोचना गर्दै तत्काल सच्याउन अपिल गरिरहेका छन् ।
आरन प्रोडक्सनले निर्माण गरेको गीत ‘पीर’ गायक सपुतले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको एकै दिनमा गीत ११ लाख बढीले हेरेका छन् ।
समाजिक सञ्जालहरुम उनको गीतको आलोचना हुन थालेकै कारण पनि भ्यूज बढिरहेको छ । तर मार्मिक तथा समय सापेक्ष गीतहरु प्रस्तुत गरेर निकै चर्चित बनेका प्रकाश यतिबेला भने निकै आलोचित बनिरहेका छन् ।
माओवादी जनयुद्ध लड्ने महिला छापामारको अभावलाई देह ब्यापार लगेर चित्रण गरिनु दण्डनीय भएको नेकपा माओवादी केन्द्रका नेता तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
गायत प्रकाश सपुतले ‘पिर’मा आदर्शको भ्रष्टीकरण र बिम्बको बिद्रुपीकरण गरेको प्रगतिशील लेखक खेम थपलिया बताउँछन् ।
‘पिर’मा पूर्व–जनमुक्ति सेनाका महिला योद्धाहरूमाथि जुन नकारात्मक काल्पनिकी जोडिएको छ, यसमा गम्भीर असहमति छ ।– लेखक थपलियाले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रकाश सपुतको गीतले सत्यकुरा बोले पनि माओवादी छापामार महिलाहरुलाई देहब्यापारमा जोडेको कुरामा धेरैको आलोचना छ ।
भिडियोमा ज्यानको बाजी थापेर देशलाई नयाँ व्यवस्था दिएर बन्दुक त बिसाए पनि योद्धाहरुले आफ्नै पिर बिसाउन नपाएका पात्र समेटिएको गायक प्रकाश सपुतको भनाइ छ ।
गीतमा छायाँकन गरिएको केही दृष्यहरु मात्रै सच्याएमा प्रकाश सपुत धन्यवादको पात्र बन्ने माओवादी कार्यकर्ताहरु बताउँछन् । तर सामाजिक सञ्जालहरुमा यतिधेरै आलोचना भइरहँदा पनि प्रकास सपुतले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
भिडियाे