काठमाडौं । सानो उमेरमा धेरै नै चर्चित गीतहरु गाएर चर्चाको शिखरमा पुगेकी पोखराकी समिक्षा अधिकारीलाई अभिनेता पल शाहले यौन शोषण गरेका छन् ।
समिक्षाको गीतको सुटिङमा डेढ वर्षअघि पोखरा गएका पला शाहले माया जालमा फसाएर यौन शोषण गरेको समिक्षा आफैले खुलासा गरेकी छन् ।
पल शाहले चलचित्र क्षेत्रका केही अभिभावकहरुसँग छलफल गरी गुपचुप रुपमै मिलाउने प्रयास गरेको अडियो सार्वजनिक भए लगत्तै समिक्षाको अर्को अडियो कुराकानी टी–सिने नेपालले सार्वजनिक गरेको छ ।
घरबेटीको छोरालाई समेत आफूसँग नजिक बनाएर फसाउने षड्यन्त्रसमेत पल शाहले गरेको समिक्षाले सबिस्तार बताएकी छन् । समिक्षाले आफूलाई सुरु सुरुमा पल शाह मन नपरेको तर उसले आफूलाई माया जालमा फसाएपछि साँच्चिकै माया गर्ने रैछ भनेर आफू नजिक भएको बताएकी छन् । समिक्षाले आफूलाई स्वीकार्ने वचन दिएर समाजमा नराम्रो हुन नहुने भन्दै पलले नै स्टाटस लेख्न पठाएकोसमेत उनले बताएकी छन् ।
शाहले यौन शोषण गरेपछि आफूलाई छाड्न गोप्य छलफलदेखि मार्नेसम्मको षड्यन्त्र गरेको समेत समिक्षाले खुलासा गरेकी छन् । सो अडियो कुराकानीमा कविता रायसँग पलको झगडा र पलको गतिविधि बुझ्न कविताको घर जाँदा आफू पिटिएको समेत बताएकी छन् ।
आफू असुरक्षित भएपछि बनस्थलीको डेराबाट कसैलाई थाहा नदिएर अर्कै ठाउँमा आफू सरेको समेत समिक्षा खुलाएकी छन् ।
सुन्नुहोस्, टीसिने नेपालले गरेको अडियो कुराकानी