Media Network

आगलागिमा परि तीन बालकको मृत्यु


खबरस्टोरी संवाददाता

७ मंसिर २०७८,मंगलवार

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागि हुँदा तीन बालकको मृत्यु भएको छ ।

स्थानीय सञ्च तामाङको गोठमा आगलागि हुँदा तीन बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । 

प्रहरीकाअनुसार सोमबार साँझ मकैको ढोड र सुकेको नलमा लागेको आगो ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सल्किँएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद