Media Network

आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक विदा


खबरस्टोरी संवाददाता

२९ असार २०७९,बुधबार

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म तनहुँको चुँदी रम्घा भएको हो । 

गण्डकी प्रदेश सरकारले भानु जयन्तीका अवसरमा आज सार्वजनिक विदा समेत दिएको छ ।  

नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि आयोजना गरिन्छ । 

हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ । 

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ । 

उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद