Media Network

आज यी प्रदेशमा वर्षाको सम्भावना


खबरस्टोरी संवाददाता

१६ जेष्ठ २०७९,सोमबार

काठमाडौं।  दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीका थोरै  स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति मधेश प्रदेशका थोरै भूभागमा हल्कादेखि मध्यम तथा प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार प्रदेश १,  बागमती र गण्डकीका एक-दुई स्थानमा वर्षाको सम्भावना छ । नेपालमा स्थानीय वायु, भारतको  उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। 

 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद