Media Network

आजदेखि पुनः श्रम स्वीकृति, फर्म भर्ने तरिका यस्तो


खबरस्टोरी संवाददाता

२ माघ २०७८,आईतवार

काठमाडौं/ सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई आजबाट पुनः श्रम स्वीकृति दिने भएको छ ।। यसअघि अनलाइन वा कार्यलयमै उपस्थित भएर श्रम स्वीकृत लिने पाउने भए पनि अब अनलाइनबाट मात्रै हुने भएको हो।सूचना प्रविधिको अधिकतम प्रयोग गरी श्रम स्वीकृतिलाई फेसलेस र क्यालेस बनाइ छिटो, छरितो, पारदर्शी र गुनासोरहित रुपमा सेवाप्रवाह गर्न अनलाइन गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।

 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र सुरु गरिएको हो ।

कसरी लिने श्रम स्वीकृति ?

– वैदेशिक रोजगार विभागको वेवसाइट मा गई अनलाइन श्रम स्वीकृति क्लिक गर्नुहोला वैदेशिक रोजगारीमा गएका वा जान चाहेका व्यक्तिका लागि मात्र भन्ने ीयन ष्ल गरी फाराम भर्नु पर्ने छ।

– श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारण सहितको सूचना आवेदकको मोवाइल नम्बर र आवेदन गर्दाको ग्कभच ब्अअयगलत मा जाने हँदा आफ्नो व्यक्तिगत मोवाइल नम्बर र इमेल ठेगाना अनिवार्य रुपमा भर्नु पर्नेछ।

 – ग्कभचलबmभ र एबककधयचम प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन, श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकोले आवेदन गर्दाको ग्कभचलबmभ र एबककधयचम सुरक्षित राख्नु पर्नेछ।

– अनलाइनमा कागजातहरु जाँच गर्न समय लाग्ने भएकोले कम्तीमा ३ कार्य दिन दिन अगाडि अनलाइन फाराम भर्नुपर्नेछ।

– बायोमेट्रिक नभएका व्यक्तिहरुले वैदेशिक रोजगार कार्यालय काठमाडौं वा अन्य श्रम तथा रोजगार कार्यालयहरुमा बायोमेट्रिक गराएर मात्र अनलाईन फाराम भर्नुपर्नेछ।

श्रम स्वीकृतिको लागि लागत 

(क) म्यादी जीवन बीमा – उमेर अनुसार ः १८ वर्ष देखि ३५ वर्षसम्म ३ हजार ७ सय ८ रुपैयाँ, ३६ वर्ष देखि ५० वर्षसम्म ४ हजार ९ सय ३१ रुपैयाँ र ५१ वर्ष देखि ६४ वर्षसम्म ९ हजार ४ सय ६३ रुपैयाँ लाग्ने।

(ख) वैदेशिक रोजगार कल्याणकारी कोषमका लागि १५ सय रुपैयाँ

आवश्यक कागजात

– पासपोर्ट साइजको फोटोको स्क्यान कपी

– राहदानीको स्क्यान कपी

– सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी

– पुरानो श्रम स्वीकृतिको स्क्यान कपी

– पुरानो भिसा भए सो को स्क्यान कपी

– अध्यागमन कार्यालयले राहदानीमा लगाएको   राहदानीको पानाको स्क्यान कपी

– यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको व्यदयलभच भिततभच वा सम्झौतापत्रको स्क्यान कपी

– घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ को दफा १८ घ बमोजिम सम्बन्धित देश स्थित नेपाली राजदूतावास वा कूटनीतिक नियोगको अनुसूची ८ बमोजिमको सिफारिश पत्रको स्क्यान कपी

– म्यादी जीवन विमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा अनलाइन भुक्तानी प्रदायक मार्फत भुक्तानी गर्नुपर्ने।


Share:
Reaction :
ताजा समाचार
खेलकुद