Media Network

आलुको बोराबाट भेटियो ८३ लाख नेपाली रुपैयाँ


खबरस्टोरी संवाददाता

२१ असार २०७९,मंगलवार

काठमाडौँ। आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ मंगलबार सशस्त्र प्रहरीले बरामद गरेको छ । आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख  ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए । 

मंगलबार ज७प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको सशस्त्र प्रहरीले बताए ।

पक्राउ परेका दुबै जना र बरामद रकमलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद