Media Network

१२ घण्टादेखि अलपत्र यात्रुलाई सडकमै भोजन (फोटोफिचर)


खबरस्टोरी संवाददाता

१५ असार २०७९,बुधबार

अरुणखोला (नवलपुर) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने–गैंडाकोट खण्डको अरुणखोलामा अवरुद्ध सडक १२ घण्टासम्म पनि सञ्चालनमा नआउँदा यात्रुहरुको विचल्ली भएको छ । 

सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन भत्किएपछि बुधबार विहान ६ बजेदेखि यातायात अवरुद्ध बनेको थियो । विहान ६ बजेदेखि रोकिएका यात्रुहरुलाई मध्यबिन्दु नगरपालिका १० का युवाहरुले बेलुका भूपूचोकस्थित सडकमै खाना पकाएर निःशुल्क भोजन गराएका छन् । 

भत्किएको सडकको डाइभर्सन पुनःनिर्माण गर्ने प्रयत्न बेलुकासम्म पनि पूरा नभएपछि स्थानीय युवाहरुको सक्रियतामा खाना पकाएर यात्रुहरुलाई खुवाइएको स्थानीय शिक्षक अर्जुन खनालले बताए । 


अवरुद्ध सडक बुधबार रातीसम्म खुलाउने प्रयत्न भइसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले बताए । 

नवलपुरमा राजमार्गका तीन स्थानमा डाइभर्सन बगाएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरेखोला, मध्यबिन्दु नगरपालिका–१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीन डाइभर्सन बाढीले बगाएको थियो । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद