अमेरिकी राष्ट्रपति बाइडेन र राजदूत खत्रीबीच भेट


खबरस्टोरी संवाददाता
१२ असार २०७९, आईतवार
अमेरिकी राष्ट्रपति बाइडेन र राजदूत खत्रीबीच भेट
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । उनीहरुबीच जेठ ३० गते भेट भएको थियो ।

राजदूत खत्रीले अमेरिका गएपछि कोभिड–१९ संक्रमणका कारण भर्चुअल रुपमै राजदूतको ओहदाको प्रमाणपत्र बुझाएका थिए । त्यसबेला व्यक्तिगत रुपमा भेटवार्ता नभएपछि राष्ट्रपति बाइडेनलले भर्चुअल रुपमै ओहदाको प्रमाणपत्र बुझाएका राजदूतहरूसँग व्यक्तिगत भेटवार्ता गर्नका लागि ह्वाइट हाउसमा बोलाएका हुन् ।प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण असार अन्त्य वा साउनको पहिलो साता हुने भनिए पनि सरकारले औपचारिक रुपमा निर्णय गरिसकेको छैन ।