काठमाडौंको अनामनगरस्थित राखिएको नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसादको अर्धकदको सालिक प्रधानमन्त्री देउवाले मंगलबार अनावरण गरेका हुन्।
नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष, नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको सालिक उनको जन्मजयन्तीको अवसर पारेर अनावरण गरिएको छ।