Media Network

अनाथालयका बालिकालाई अध्यक्ष र सचिवबाटै करणी !


खबरस्टोरी संवाददाता

२९ जेष्ठ २०७९,आईतवार

इलाम । इलामको राहसल बाल अनाथालयकी बालिकालाई संस्थाकै अध्यक्ष र सचिव करणी गरेका अभियोगमा पक्राउ परेका छन् । अनाथालयकी बालिकालाई करणी गरेको अभियोगमा सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहान र सचिव कविन्द्र राईलाई पक्राउ गरिएको हो ।

अनाथालयकी एक बालिकालाई करणी गरेको जाहेरी परेपछि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । राई नेपाल बिद्युत कार्यालय इलाममा कार्यरत कर्मचारी समेत रहेको बताइएको छ । 

अनाथालयका अध्यक्ष चौहानमाथि समेत आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बिहिबार नै पक्राउ गरिएका राईलाई अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको छ । राई पक्राउ परेपछि थप अनुसन्धानका लागि अध्यक्ष चौहानलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद