Media Network

अपडेटः रामेछाप बस दुर्घटनामा नौ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२१ असार २०७९,मंगलवार

काठमाडौं । रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीको लुभुघाटमा यात्रु बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । सुनापति गाउँपालिकाको केन्द्र हिलेदवीबाट काठमाडौतर्फ आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस लुभुघाटमा विहान दुर्घटना भएको हो । 

दुर्घटनामा परी २१ भन्दा बढी घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार थिङले दुर्घटनामा परी ९ जनाको दुर्घटनास्थलमै मृत्यु भएको र घटनाको पूरा विवरण आइनसकेको बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद