मन्त्री रेग्मीले अहिले रातो कार्ड भएकाले मात्रै भत्ता पाउने व्यवस्था भएकोले त्यसलाई परिमार्जन गरेर निलो वा अरू कार्ड भएकालाई पनि भत्ता दिलाउने प्रयासमा आफू रहेको बताइन् । अपाङ्गता भएका विभिन्न व्यक्तिहरूलाई सामग्रीहरू वितरण गर्दै मन्त्री रेग्मीले भनिन्, एउटा हात नभएको व्यक्तिले कसरी गरी खाने ? अपाङ्गताको श्रेणीमा मात्र राखेर भएन गरेर खाने व्यवस्था पनि त हुन पर्यो।”
अपाङ्ग भएका समुदायको हकहितको लागि आफू सधैँ अग्र पङ्क्तिमा रहेको बताउँदै मन्त्री रेग्मीले आगामी बजेटमा अपाङ्गता क्षेत्रलाईलाई विशेष प्राथमिकतामा राखिएको समेत बताइन् । “राज्यको श्रोत साधनले नभ्याएर पनि होला तर अपाङ्गता भएका समुदायलाई गाँस काटेर भए पनि प्राथमिकता दिन पर्छ” उनले भनिन् “आफ्नो अधिकारको लागि सबैले सशक्त रूपमा आवाज उठाउन जरुरी छ ।
नेपाल अपाङ्ग पुनर्स्थापना केन्द्रले अपाङ्गता भएका विभिन्न व्यक्तिहरूलाई व्हिल चेयर, कमोड चेयर, हट ब्याग, सेनिटरि प्याड, बैशाखी लगायतका सामग्रीहरू वितरण गरेको हो ।