Media Network

अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : गगन थापा


खबरस्टोरी संवाददाता

२१ असार २०७९,मंगलवार

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। 

महामन्त्री थापाले सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका हुन्। ‘संसदभित्र र बाहिर प्रश्नहरु उठिकोले शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’, उनले भने। अर्थमन्त्री शर्माले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने थापाले माग गरे। ‘यस विषयमा छानबिन नगर्ने हो भने गलत नजिर बस्छ’, उनले भने।

अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता रहेकोबारे प्रश्न उठेकोमा जबाफदेही बन्नुपर्ने थापाको भनाइ थियो।

अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसकेकोले तत्काल प्रधानमन्त्रीले यसका बारेमा एक्सन लिनुपर्ने थापाको भनाइ थियो। ‘यो विषय संसदमा उठ्यो। बाहिर उठिरहेको छ’, उनले भने, ‘त्यसैले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्छ। कि त प्रधानमन्त्रीले शर्मा पदबाट अहिले नै हटाउनुपर्छ र तत्काल छानबिन गर्नुपर्छ।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद