बनेपा–१० स्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बा.१.ज ५७४७ नम्बरको बस दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा ५२ वर्षीय लेख कुमारी बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीले कर्मचारी बोकेर निस्केको अस्पतालको बस मोटरसाइकललाई साइड दिने क्रममा भासिएर पल्टिएको हो । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।