Media Network

अंशु गौतम हत्या प्रकरणमा संलग्न एक जना पक्राउ


खबरस्टोरी संवाददाता

२२ मंसिर २०८२,आईतवार

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा छिमेकीको संलग्नता देखिएको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

स्थानीय करिब ५०–५२ वर्षीय पदम अधिकारीलाई नियन्त्रणमा लिएर गहन सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । तर, घटनामा उनको संलग्नता छ कि छैन भनेर प्रहरीले अधिकारिक पुष्टि गरिसकेको छैन । सोधपुछका क्रममा पदम अधिकारीले अंशुको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ ।

घटनाको अनुसन्धानको संवेदनशीलतालाई ध्यानमा राखेर प्रारम्भिक निष्कर्ष सार्वजनिक नगरिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन् ।

अंशु असोज २१ गते दिउँसो घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । करिब दुई हप्तापछि, कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र अत्यन्तै विभत्स अवस्थामा शव फेला परेको थियो । शव टाउको र शरीर छुट्टिएको अवस्थामा, कुहिएको र दुर्गन्धित अवस्थामा भेटिएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद