अदालतको आदेशपछि पशुपति धर्मशालाको गेटको ताला तोडियो


खबरस्टोरी संवाददाता
२६ चैत्र २०७८, शनिबार
अदालतको आदेशपछि पशुपति धर्मशालाको गेटको ताला तोडियो
काठमाडौं । काठमाडौं जिल्ला अदालतको अन्तरकालीन आदेशपछि बतास समुहले सञ्चालन गर्दै आएको पशुपतिस्थित धर्मशालाको मुल गेटको ताला तोडिएको छ ।आजै मात्र पशुपति क्षेत्र विकास कोशले बतास समूहद्वारा सञ्चालित धर्मशालाको मूल गेटमा ताला लगाएको थियो ।

कोषले शुक्रवार ताला लगाए लगत्तै अदालतले निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो, आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाणसहित प्रस्तुत आदेश प्राप्त भएको मितिले बाटाका म्याद म्याद बाहेक १५ (पन्ध्र) दिन भित्र आफै वा कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न विपक्षीहरूको नाममा आदेश दिएको थियो ।