Media Network

अवरुद्ध बनेको दाउन्ने–गैंडाकोट खण्ड सूचारु


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

काठमाडौं । बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड २४ घण्टापछि सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । रातभरि डाइभर्सन निर्माणको काम गरी विहान बिहान ३ बजेदेखि एकतर्फी रुपमा यातायात सञ्चालन गरिएकोमा विहान ६ बजेपछि दुईतर्फी नै सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ । 

मङ्गलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो । डाइभर्सन निर्माण भएपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जान सुरु गरेका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद