यस्तो छ स्ट्याटस –
पार्थिब शरीर छोडेर गएको आज तेस्रो दिन..अन्त्यस्टी सकिएको एक रात कट्दा त तिमी यहिनै छौ जस्तो मात्र लाग्छ बाउ..बिश्वास नै लागेको छैन बाउ तिमी सदाको लागि गयौ भनेर! अब त नया बानी बसाउनु पर्ने भयो तिमी बिना नि जिउन!
बिहानै कोठामा तिमी छौ भनेर जादा झस्किए तिमिलाइ नपाउदा! सधै झै “ए बाउ मेरो तष्नभच नययम mयचलष्लन“ भन्नुलाइ तिमी थिएनौ!! न रुन सके न हास्नु सके केवल स्तब्द भएर आखामा आँसु लिएर कोठा सफा गरे, बत्ती बालिदिए, जल चडाए अनि तिम्रो रित्तो ओछ्यानमा एक्छिन बसे तिम्रो तकिया पट्टि फर्किएर! तिमिलाइ महसुस गर्न खोजे बाउ! आखिर बिधिको बिधानको अगाडि झूक्नु नै पर्दो रहेछ!!! जन्मे पछि मर्नु नै पर्छ यो सत्यलाई स्विकार्नु को विकल्प छैन रहेछ!!!
बाउ तिमी जहाँ पुगे पनि खुसी अनि सुखी रहनु! तर नभुल्नु है हामिलाइ!!! विशेषगरी यो छोरालाइ जसले सधै तिमिलाइ दुख दिए, सताए, माया गरे अनि धेरै सपना बुने तिमिलाइ सुखी र खुसी राख्न! जिवनका कठिन घडिहरुमा सधै डोर्याएर पार लगाइ दियौ! ढाल बनेर साथ दियौ! आवाज बनेर बोलिदियौ! पना बनेर आशावादी बनायौ!! बाउ बनेर रक्षा गर्यौ! कहिले डगमगाउनु दिएनौ बरु सधै बल बनेर साथ दियौ!
छोराले गर्नु पर्ने कर्तव्य पूरा गरे कि गरिन त्यो तिमिलाइ थाहा छ! अर्को जन्ममा पनि मेरै बाउ भएर आउनु है??? यसरिनै तिमिलाइ सताउछु, दुख दिन्छु, झगडा गर्छु, अनि मेरै बाउ भन्दै अपार माया गर्छु, अङालो मार्छु, रमाइलो गर्छु, घुमाउछु अनि तिमिलाइ द्यब्ग् (बाउ) नै भनेर बोलाउछु!