Media Network

बुढीगंगामा झडपपछि रोकिएको मतदान फेरि सुरु


खबरस्टोरी संवाददाता

२३ असार २०७९,बिहीबार

काठमाडौं। बाजुराको बुढीगंगा नगरपालिकामा आज भएको पुनःनिर्वाचनका क्रममा विवाद हुँदा रोकिएको मतदान सुरु भएको छ।

त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबिच झडप भएको थियो। झडपमा केहि कार्यकर्ता घाइते भएका छन्। मतदान केन्दमा विवाद भएपछि करिब १५ मिनेट मतदान रोकिएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।

‘केही समय विवाद हुँदा त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,’ उनले भने, ‘करिब १५ मिनेट मतदान स्थगित भयो। अहिले पुनः मतदान सुरु भएको छ।’

गत वैशाख ३० मा रद्द गरिएको मतदान आज फेरी सुरु गरेको हो। उक्त निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबिच धाँधली भएको भन्दै विवाद हुँदा झडप भएको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद