बाढीले मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति, मर्मत कार्य जारी


खबरस्टोरी संवाददाता
२६ जेष्ठ २०७९, बिहीबार
बाढीले मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति, मर्मत कार्य जारी
काठमाडौँ।  सिन्धुपाल्चोकको मेलम्ची नदीमा अत्यधिक वर्षाका कारण आसपास क्षेत्र प्रभावित बनेको छ । गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ ।

वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युमपाइप जडित फट्टेको पुलमा क्षति पुगेको छ । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ । अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङसहितको टोलीले उक्त क्षेत्रको अनुगमन गरेपछि पुलको मर्मत थालिएको छ ।



मे