काठमाडौँ। बागलुङको निसी खोलामा चट्याङ लागेर एक जना वृद्धाको मृत्यु भएको छ। निसी खोला गाउँपालिका–३ बस्ने ७६ वर्षीया नरमती घर्तीलाई चट्याङ लागेर बुधबार बेलुकी मृत्यु भएको हो ।
सोही गाउँपालिका–५ निसीडाँडास्थित बहिनीको घरमा बस्न गएको समय चट्याङ लागेर अशक्त भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।