Media Network

बंगलादेशी युवा प्रतिनिधि मण्डलसँग खेलकूदमन्त्रीको भेट


खबरस्टोरी संवाददाता

१२ चैत्र २०७८,शनिबार

काठमाडौं । वंगलादेशबाट आएका युवाहरुको प्रतिनिधि मण्डलले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजसँग भेटवार्ता गरेको छ । 

ग्लोवल युथ पार्लियामेन्टद्वारा आयोजित “नेपाल–वंगलादेश नेक्स्ट जेनेरेसन लिडर्सिप समिट–२०२२” सहभागी हुन युवा टोली शुक्रबार नेपाल आएका थिए । 

वंगलादेशका सांसद एवं विभिन्न क्षेत्रका अगुवासहितको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मन्त्री गहतराजले नेपाल र वंगलादेशबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको बताए । 

उनले नेपाल तथा बंगलादेशका युवाहरुबीचको सम्बन्धलाई थप उचाईमा पु¥याउँदै आपसी सहयोग तथा सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद