Media Network

बागमती प्रदेश सरकार पुनर्गठन हुँदै, बजेट पासलगत्तै मुख्यमन्त्रीमा बानियाँ


खबरस्टोरी संवाददाता

१४ जेष्ठ २०७९,शनिबार

काठमाडौँ। बागमती प्रदेश सरकार पुनर्गठन हुने भएको छ। अब बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको हो । पाँच दलीय सत्ता गठबन्धनबिच यसअघि भएको सहमति अनुसार नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति एवं संसदीय दलका नेता ईन्द्र बाँनिया मुख्यमन्त्री बन्ने भएका हुन्। संभवतः उनी असार १७ भित्र मुख्यमन्त्री बनिसक्ने कांग्रेस निकट श्रोतको दाबी छ ।

त्यस्तै प्रदेश प्रवक्ता प्रभात तामाङका अनुसार यसअघि सरकार गठन भएको बेला आधा कार्यकाल नेकपा (एकीकृत समाजवादी)ले र आधा कार्यकाल कांग्रेसले सरकार चलाउने सहमति भएको र सहमतिअनुसारको आधा कार्यकाल एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डेले सरकारको नेतृत्व गरिसकेको बताए । 

उनले अब कांग्रेसले सरकारको नेतृत्व पाउनुपर्ने बताए ।  ‘आधा कार्यकाल सकियो । अब त पालो कांग्रेसको हो’, प्रवक्ता तामाङले भने  ।

४ कात्तिकमा बसेको कांग्रेसँगै नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को बैठकमा प्रदेशसभा कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।



 

Share:
Reaction :
ताजा समाचार
खेलकुद