Media Network

बाग्मती प्रदेशको बजेट आज सार्वजनिक गरिने


खबरस्टोरी संवाददाता

१६ जेष्ठ २०७९,सोमबार

काठमाडौं । केन्द्र सरकारले बजेट ल्याएको भोलिपल्ट नै बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ ।सोमबार दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

जेठ १३ गतेदेखि बागमती प्रदेशसभाको दशौं अधिवेशन सुरु भएको थियो । चालु अधिवेशनको दोस्रो दिन शनिबार दुई बैठक सञ्चालन भएका थिए ।

पहिलो बैठकमा प्रदेश सरकारको आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो भने दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले विनियोजन विधेयकमाथि भएको छलफलका क्रममा प्रदेशसभा सदस्यले राखेका जिज्ञासाको जवाफ दिएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद