Media Network

बागमती प्रदेशसभाको बैठक बस्दै


खबरस्टोरी संवाददाता

७ पुष २०७८,बुधबार

मकवानपुर । बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दै छ । उक्त बैठक दिउँसो १ बजेका लागि तय भएको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि साढे एघार बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूची तय हुने जनाइएको छ ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएपछि प्रदेशसभाको बैठक बसेको छैन । बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, जसपाका १, नेमकिपाका २, राप्रपाका २, विवेकशील साझाका ३ गरी कूल १०९ सांसद रहेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद