Media Network

बिग्रिएको बस बनाउँदै गर्दा बसले किचेर सहचालकको मृत्यु


खबरस्टोरी संवाददाता

२६ असार २०७९,आईतवार

काठमाडौँ । चितवनको भरतपुरमा बसले किच्दा सहचालकको मृत्यु भएको छ । बस बिग्रिएपछि बिग्रेकाे बस मर्मत गर्ने क्रममा आइतबार बिहान साेही बसका सहचालक २१ वर्षीय सुरज नेपालीकाे ज्यान गएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं. २५ शुक्रनगरमा ना ५ ख ९६७ नम्बरको बसले किच्दा गम्भीर घाइते भएका सहचालक भरतपुर–२४ का सुरज नेपालीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो ।

मर्मतका लागि भनेर सहचालक बस मुनि गएका बेला चालकले बस स्टार्ट गर्दा बस अगाडि बढाउने क्रममा बसको मुनि रहेका सुरज किचिएका थिए ।

बस चालक भरतपुर–२७ बस्ने ४२ वर्षीय राजकुमार गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद