बिहान १० बजेदेखि भिजिबिलिटी झनै कम हुँदै जाँदा जहाज अवतरणमा समस्या भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। हाल सिङ्गापुर एअरलाइन्स, नेपाल एअरलाइन्स, इन्डिगो लगायतका जहाज बारा, मकवानपुर र ललितपुरको आकाशमाथि घुमिरहेका छन् ।
त्यस्तै विमानस्थल कार्यालयले अब बिस्तारै मौसम खुल्न थालेकाले अवतरण सहज हुने बताएको छ । कार्यालयका अनुसार अहिले आकाशमा फन्को मारिरहेको जहाजलाई समय मिलाई अवतरण गराइने छ।