सोमबार बिहानैदेखि काठमाडौँको मौसम धुम्म भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । मौसममा सुधार हुनेबित्तिकै उडान र अवतरण नियमित हुने उनको भनाइ छ । भिजिबिलिटी कम हुँदा सोमबार दिउँसो पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरणहरु प्रभावित भएका थिए ।