Media Network

भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार


खबरस्टोरी संवाददाता

२५ बैशाख २०७९,आईतवार

भोजपुर। भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । 

षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार  अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद