आठ रात नौ दिन लामो विस्का जात्राको यो सबैभन्दा बढी मुख्य आकर्षणको जात्रा हो । जात्राको क्रममा ५५ हात लामो लिङ्गोलाई डोरीको सहायताले तानेर उभ्याइने गरिन्छ ।
प्रत्येक वर्ष चैतको अन्तिम दिन साँंझ यहाँ लिङ्गो उभ्याउने गरिन्छ । उभ्याइएको लिङ्गोलाई वैशाख १ गते ढाल्ने गरिन्छ । चैतको मसान्तमा उभ्याइने र बैशाख १ गते ढाल्ने भएकाले लिङ्गो एक वर्ष उभेको बुझाइ छ ।
त्यस्तै जात्राको अन्तिम दिन लिङ्गो उठाउने बेलामा झडप हुने गरेको छ । तसर्थ जात्रालाई मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न ९५० नेपाल प्रहरी र ४०० सशस्त्र प्रहरी परिचालन गरिएको छ ।