Media Network

भालुको पित्तसहित दुईजना पक्राउ


खबरस्टोरी संवाददाता

१९ असार २०७९,आईतवार

काठमाडौं । काठमाडौंको जोरपाटीबाट भालुको पित्तजस्तो देखिने वस्तुसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची, पाणिनी गाउँपालिका–२ का ५३ वर्षीय हरिओम रसाइली र रुपन्देही बुटवल उप महानगरपालिका–३ का ३२ वर्षीय भजिन्द्र दर्जी छन् ।

उनीहरूको साथबाट संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने कालो रंगको वस्तु (आखेटोपहार) दुई थान बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । सीआईबीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौंमा बुझाइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद