Media Network

रूपन्देहीको रोहिणीखोलामा बस खस्यो, ९ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

बुटवल । रुपन्देहीकाे देवदहस्थित रोहिणी खोलामा यात्रुबाहक बस खसेर दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आज बिहानै बिहान करिब ४ः ३० बजेतिर दुर्घटना भएको हो ।

रोहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित रोहिणीखोला पुलबाट बस खसेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीका अनुसार मृत्यु हुनेमा ८ पुरूष र एक जना महिला रहेका छन् ।

मृत्यु हुनेमा ओमसतिया–४ का अन्दाजी ६० वर्षीय राजेन्द्र पाण्डे, बुटवल ११ कालिकानगरका ४५ वर्षीय कृष्ण बस्याल, तिलोत्तमा योगिकुटीका ५६ वर्षीय विष्णु पौडेल र रौतहटका २० वर्षीया दिनेश दास रहेका छन् । अन्यको अझै सनाखत नभएको प्रहरीले जनाएको छ । 

रेग्मीका अनुसार बसमा ३३ जना सवार रहेका थिए । 

घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद