Media Network

भ्रष्टाचारमुक्त शासनको आह्वान गर्दै शान्ति समाजले मनायो लोकतन्त्र दिवस


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

काठमाडौं।  विगत २६ वर्षदेखि लोकतन्त्रका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन को आह्वान गदैै सोह्रौ लोकतन्त्र दिवस मनाएको छ । 

२०७९ वैशाख ११ गते सोह्रौ लोकतन्त्र दिवसका उपलक्ष्यमा शान्ति समाजद्वारा रुपन्देहीको वुटवलमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्रको स्थायीत्वका लागि सुशासन अनिवार्य भएको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, शान्ति समाज शाखा सभापति डिपी खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । सहभागिहरुले लोकतन्त्र जिन्दावाद, मितव्ययी निर्वाचनः भ्रष्टाचारमुक्त शासन, दिगो लोकतन्त्रका लागि सुशासन, आजको आवश्यकता : प्रविधिमैत्री निर्वाचन, लोकतन्त्रको आधारः शान्ति र मानव अधिकार, लोकतन्त्रको गन्तव्यः दण्डहीनताको अन्त्य, वैज्ञानिक शिक्षाः सबैको अधिकार, गुणस्तरीय स्वास्थ्य सेवाः सबैको अधिकार, लोकतान्त्रिक संस्कृति : अहिंसात्मक जीवनधारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यसैगरी वैशाख ११ गते शान्ति समाज तेह्रथुम शाखाले सदरमुकाम म्याङ्लुङमा आयोजना गरेको प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सदस्य लक्ष्मीनारायण मिश्र र शाखा सभापति टिकाराम खुलालले लोकतन्त्रको स्थायीत्व र सम्मानका विषयमा मन्तव्य व्यक्त गरेका थिए । 

शान्ति समाज काठमाण्डौ शाखाद्वारा लोकतन्त्र दिवसका अवसरमा वैशाख ११ गते काठमाण्डौमा आयोजित शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन विषयक गोष्ठीमा शान्ति समाजका सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी र राजनीतिक समाजका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिए । 

यसैगरी लोकतन्त्र दिवसकै अवसरमा शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित अन्तरक्रियामा शान्ति समाजका वरिष्ठ उपसभापति शुसील बस्नेत, सचिव निर्मल नेपाली, शाखा सभापति तुलसीराम सुनार, सह सचिव उषा गौतम लगायत नागरिक समाज र राजनीतिक समाजका गरि एक दर्जन वक्ताहरुले मन्तव्य व्यक्त गरेकोथियो भने कार्यक्रमको सहजिकरण शाखा सचिव निर्मला डाँगीले गरेका थिए ।

लोकतन्त्र दिवसकै अवसरमा शान्ति समाज कास्की शाखाद्वारा वैशाख ११ गते पोखरामा निर्वाचन आचारसंहिता सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । कास्की शाखा सभापति तिर्थराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण शाखा सचिव सावित्री पौडेल शर्माले गरेका थिए । १६ औं लोकतन्त्र दिवसको अवसरमा वैशाख ११ गते साँझ शान्ति समाजका एक दर्जन शाखाले दिप प्रज्वलन कार्यक्रम आयोजना गर्दैछन् ।

२०६२/६३ को ऐतिहासिक जन आन्दोलनको पृष्ठभूमीमा योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले वैशाख ११ गते लोकतन्त्र दिवस देशव्यापी रुपमा कार्यक्रम आयोजना गरि मनाउँदै आएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद