Media Network

भारतको हरियाणामा आगलागीमा परि अर्घाखाँचीका बालकको मृत्यु


खबरस्टोरी संवाददाता

३० चैत्र २०७८,बुधबार

बुटवल । भारतको हरियाणा हिसारमा भएको आगलागीमा परि अर्घाखाँचीका एक १४ वर्षीय बालकको मृत्यु भएको छ । हरियाणामा रहेको राम चाट भण्डारमा काम गर्ने अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ३ साजवोट निवासी १४ वर्षीय भीमबहादुर मुखियाको मृत्यु भएको हो । 

मुखियासहित १० जना नेपाली मजदुरहरुले काम गर्दै आएको चाट भण्डारमा मंगलबार बिहान करिब ५ बजे विद्युत सर्ट भई आगो लाग्दा सोही पसलमा दुई महिनादेखि काम गर्दै आएका मुखियाको मृत्यु भएको हो । आगलागीमा परि अन्य पाँच नेपाली पनि घाइते भएका छन् । 

आगलागीका कारण अन्य कामदार बाहिर निस्कन सफल भएको भए पनि बालक मुखिया बाहिर निस्कन नसकेपछि जलेर ज्यान गएको त्यहाँबाट स्थानीय नारायण न्यौपानेले जानकारी दिए । मृतक मुखियाका बुवा हिमबहादुर मुखिया पनि भातरमा मजदुरी गर्छन् ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद