Media Network

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत


खबरस्टोरी संवाददाता

२ जेष्ठ २०७९,सोमबार

रुपन्देही । देशको दोस्रो भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल आजबाट उद्घाटन भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्। त्यसै क्रममा बुद्ध जयन्तिको अवसरमा लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् ।

भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा उनी लुम्बिनी आएका हुन् । 

भारतीय प्रधानमन्त्री मोदीले आज ६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्कने छन् । उनी प्रधानमन्त्री देउवाको निमन्त्रणमा बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन लुम्बिनी आएका हुन् ।

विमानस्थलमा आज बुद्ध पूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।सन् २०१७ को डिसेम्बरभित्र निर्माण सक्ने गरी सन २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो। पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद