Media Network

भारतीय सीमावर्ती जंगलमा नेपालीमाथि गोली हानी हत्या


खबरस्टोरी संवाददाता

१७ असार २०७९,शुक्रबार

बर्दिया । बर्दियास्थित नेपाल भारत सीमावर्ती जंगलमा एक नेपालीको गोली हानी हत्या गरिएको छ । 

सीमावर्ती मुर्तीहाको जंगलमा विहीबार बेलुका निहुरो टिप्न गएका नेपाली गुलरिया नगरपालिका–३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार भएको हो । 

गोली लागेर घाइते भई भाग्दै घर नजिक पुगेपछि बेहोस भएका उनी होस खुलेपछि आफन्तीलाई बोलाएपछि राती नै गुलरिया अस्पताल पुर्याइएको थियो । अत्याधिक रगत बगेका कारण उनको मृत्यु भएको प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए । 

गोडियालाई भारतीय वन रक्षकले गोली हानेको आशंका गरिएको छ । उनको शव गुलरिया अस्पतालमा शव परीक्षण पछि शुक्रबार दिउँसो आफन्तीले बुझेर लगेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद