बेंसीसहर नगरपालिका-६, उत्तीसघारीको खरखरेमा पहिरो गएको छ । खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ । पहिरोले मर्स्याङ्दीको शीरचौर र मनाङको म्यार्दीखोला नजिक पहिरो गएको छ । म्यार्दीभीरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।
डुम्रे–बेंसीसहर–चामे सडक योजना प्रमुख ईन्जिनियर अच्युतविलास पन्तका अनुसार मंगलबार साँझदेखिको वर्षाका कारण डुम्रेदेखि बेंसीसहर हुँदै मनाङ जोड्ने सडक ठाउँठाउँमा पहिरोले क्षति पुर्याएको छ । डुम्रे–बेंसीसहर सडकखण्ड खुल्ने र बन्द हुने भइरहेको छ । मनाङतर्फको बाटो बिहीबार साँझसम्म खुलाउने प्रयास भइरहेको उनले बताए ।