नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घलेगाउँ घर भएका विकलाई काठमाडौंको तार्केश्वर नगरपालिकाको फुटुङस्थित नवजीवन परोपकार संस्थाको जिम्मा लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार संस्थाले हेरचाह र उपचार गराउँछौं भने पछि जिम्मा लगाइएको हो ।
ककनी गाउँपालिका–७ स्थित विद्युत प्रसारण लाइनमा शनिबार उनी हिँडेका थिए । उनलाई नेपाली सेनाको टोलीले राति उद्धार गरेको हो ।