Media Network

बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना, कम्तिमा २५ जना घाइते


खबरस्टोरी संवाददाता

२९ बैशाख २०७९,बिहीबार

धनगढी। कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डाेटीकाे पूर्वीचाैकी गाउँपालिका-४ सानागाउँमा दुर्घटना भएको छ। दुर्घटनामा परि कम्तिमा २५ जना घाइते भएका छन् ।

कैलालीकाे धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेकाे हाे ।  जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्‍याइएकाे छ । 

कम्तिमा २५ जना घाइते भएकाे र अन्यलाई पनि अस्पताल ल्याउन थालिएको भट्टले बताए । दुर्घटनाकाे कारण भने खुल्न सकेकाे छैन ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद