Media Network

बजार सरसफाइमा जुटे, सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी


खबरस्टोरी संवाददाता

१८ चैत्र २०७८,शुक्रबार

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट बजार सरसफाईका लागि सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी जुटेका छन् । चैत १३ गते जिल्ला सुरक्षा समितिको बसेको बैठकले सदरमुकाम सिमकोट सरसफाई गर्ने निर्णय अनुसार बजार सरसफाई गर्ने कार्य तिव्र रुपमा सञ्चालन भएको छ ।

सिमकोट बजार सुनौलो भविष्य बनाउने उदेश्यका साथ चैत १४ गते पहिलो पटक र १८ गते दास्रो पटक बजार सरसफाई गरिएको हो । विहान ८ वजेदेखि सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाको नेतृत्वमा जिल्लाका सम्पुर्ण सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरुको उपस्थितीमा ढल तथा सडकको फोहर पञ्छाउने कार्य गरिएको थियो । 

सरसफाईका क्रममा प्रमुख जिल्ला अधिकारी सीता परीयारले अबदेखि बजारमा फोहर र ढल दुर्गन्धित गरेको भेटिएमा सो व्यक्तिलाई सिमकोट गाउँपालिकाले रसित काटेर जरीवाना गर्ने बताइन् । उनका अनुसार जताततै फोहोर बढेर दुर्गन्धित हुन थालेपछि सरसफाइ गर्ने कार्य भएको हो । प्रजिअ परियारले बजारलाई स्वच्छ र सफा राख्न नियमित रुपमा अभियानमा जुट्ने जानकारी दिइन् ।

सफा सिमकोट बनाउन घरधनी र भाडामा बस्नेलाई सरसफाई अभियानमा स्वतस्फुर्त लाग्ने वातावरण बनाउन आवश्यक रहेको बताइएको छ । .बजार क्षेत्रभरि जताततै फोहोर बढेपछि त्यसबाट सफा राख्न अब साप्ताहिक रुपमा सरसफाई अभियान सञ्चालन गर्ने उनको भनाई छ ।

विहान दुईवटा टोली गरेर सिमकोट बजार सरसफाई गरिएको थियो । सिमकोटको माथिल्लो बजारको कालिचोकदेखि एरपोट चोक र काठेचुलीमा रहेको ढल निकासी हुने स्थानसम्म सरसफाई गरिएको हो । सरसफाई गरेर जम्मा पारिएको फोहोरलाई सिमकोट गाउँपालिकाले ट्याक्टरबाट डम्पिङ साइटमा सप्लाई गरेको छ ।

सरसफाईमा करीव ४० देखि ५० जना कर्मचारीहरु सहभागि भएका थिए । उक्त कार्यमा सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा, प्रमुख जिल्ला अधिकारी सीता परियार, प्रहरी नायव उपरीक्षक कृष्न ओझा, ससस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक गिहेन्द्र भण्डारी, पत्रकार महासंघ जिल्ला शाखा हुम्लाका अध्यक्ष राजन रावत लगायतका कर्मचारीहरुको सकृयातामा बजार सरसफाई गरिएको थियो ।

स्थानीय निर्बाचनको मिती नजिकीदै गर्दा जिल्ला सुरक्षा समितिले हुम्ला जिल्लाका ३ वटा मतदान केन्द्रको अनुगमन गरेको छ । मतदान केन्द्र र स्थलको पछिल्लो अवस्थाबारे जानकारी लिन समितिका संयोजक समितिको टोलीले अनुगमन गरेको जिल्ला बिर्वाचन कार्यलय स्रोतले जानकारी गराएको छ  ।

समितिका सदस्यहरूले अनुगमन गरिएका मतदान केन्द्रमा भीमसेन आधारभूत विद्यालय, बालविकास र कालाशिल्ता मावि गरी सिमकोट गाउँपालिकाका तीन वटा मतदान केन्द्रको स्थलगत रुपमा अनुुगमन गरिएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

मतदान कार्यका लागि १८ चैत्र मा गरीएको अनुुगमन मा सिमकोट गाउपालिकामा रहेका तीन वटै केन्द्र सुरक्षाका हिसाबले सामान्य रहेको मतदान केन्द्रको स्थलगत अनुगमने समितिले बताएको छ ।

प्रमुख जिल्ला अधिकारी सीता परियारको संयोजकमा रहेको समितीले मतदान गर्नका लागि मतदान केन्द्र र मतदान स्थलमा आवश्यक पूर्वाधारको अवस्था राम्रो रहेको जानकारी दिइन ।

मतदान केन्द्रको स्थलगत अनुगमान समिती संयोजक परियारले तीन वटै मतदान केन्द्र मतदानका लागि व्यवस्थित रहेका कारण निर्वाचन गराउन सहज हुने बताइन । सिमकोट गाउपालिकामा रहेको तीन वटै मतदान केन्द्र मतदान कार्य गर्न सहज रहेकाले सुरक्षा प्रदान गर्न पनि सहज हुने समितिले निष्कर्ष निकालेको छ । समितिले जिल्लाका अन्य ५४ वटा मतदान केन्द्रको पनि अनुगमन जारी राख्ने समितीले जनाएको छ ।

हुम्ला जस्तो जिल्लामा रहेको ५४ वटा मतदान केन्द्रको समितिले अब अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रको पनि अनुगमन गर्ने जनाएको छ ।

अनुगमन गर्नका लागि जिल्ला न्यायाधीश एवं प्रमुुख निर्वाचन अधिकृत जगत्बहादुर पौडेल, प्रहरी नायब उपरीक्षक कृष्णराज ओझा, गुल्मपति गणेश खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी लगायत सहभागी रहेको सिमीतीले जानकारी दिएको छ ।

हुम्ला जिल्लाको स्थानीय तहको निर्वाचनका लागि हुम्लामा दुुई वटा उपकेन्द्रसहित ५४ वटा मतदान केन्द्र निर्धारण गरिएका छन । जसमा मतदानका लागि नौ वटा अति संवेदनशील, ३० वटा संवेदनशील र १३ वटा मतदान केन्द्रलाई सामान्य रहेको सुरक्षा समितिले निष्कर्ष निकालेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद