Media Network

बजेट नभएको भन्दै अस्थायी लाइसेन्स छपाइ र वितरण बन्द


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

काठमाडौं । उपत्यका भित्र रहेका यातायात कार्यालयहरुले गत भदौबाट सुरु गरेको परीक्षणकालिन लाइसेन्स (अस्थायी) छपाइ र वितरण पुन: बन्द गरेका छन् ।

आवश्यक बजेट नभएको भन्दै यातायात व्यवस्था कार्यालय ठुलो भर्याङ, एकान्तकुना, चाबहिल तथा भक्तपुर कार्यालयले परीक्षण लाइसेन्स छाप्न बन्द गरेका हुन् ।

क्युुआर कोडसहितको परीक्षणकालीन लाइसेन्स बजेटको अभावले छाप्न नसकिएको यातायात कार्यालयहरुको भनाइ छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद