Media Network

बालिकाको शव जलाउँदै गर्दा तीनजना महिला समातिए


खबरस्टोरी संवाददाता

१७ असार २०७९,शुक्रबार

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलामा बालिकाको शव जलाउँदै गरेको अवस्थामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ढोङ्गी खोलाको घाटमा बहुदरमाई–७ की १४ वर्षीया बालिकाको शव जलाउँदै गरेको अवस्थामा स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षिया आशा देवी र ५० वर्षीया उर्मिला देवीलाई इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले पक्राउ गरेको हो । 

स्थानीय १४ वर्षीया बालिकको बुधबार विष सेवनका कारण मृत्यु भएको थियो । उक्त घटनाबारे प्रहरीलाई जानकारी नदिई गोप्य रुपमा अन्त्येष्टि गर्न लागेको अवस्थामा प्रहरीले तीनैजनालाई घाटबाटै बालिकाको शवसहित पक्राउ गरेको हो । 

मोटरसाइकलमा लगेर शव जलाउन लागेका तीनैजना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

घटनाबारे थाहा पाएर प्रहरी टोली घाटमा पुग्दा तीनै जना शव बेवारिसे छोडेर भाग्दै थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद