महानगरको बजेटबाट १५ लाख रूपैयाँसम्म खर्च गरेर ¥यापर यमबुद्धको शालिक बनाउने निर्णय भएको मेयर शाह आफैले सार्वजनिक गरे । बालेनको यस्तो निर्णयपछि सामाजिक सञ्जालहरुमा निकै आलोचना भयो ।
बर्तमान राजनीतिक दलका नेताहरुले जस्तो पनि मान्छेको निधनपछि शहीद घोषणा र शालिक बनाउने काम गर्दै आएको भन्दै आलोचना भइरहँदा लण्डनमा आत्महत्या गरेका र्यापर यमबुद्धको शालिक महानगरको बजेटबाट बनाउने निर्णयले मेयर बालेन सवत्र्र आलोचित भए ।
नेपालमा हिपअप संगीतलाई अगाडि बढाउनमा यमबुद्धको महत्वपूर्ण योगदान रहेको मानिन्छ । यद्यपि उनी चर्चामा आइरहेकाबेला लण्डन गए । लण्डनमै उनले आत्महत्या गरेर इहलिला समाप्त गरे । र्यापरहरुका लागि यमबुद्ध गुरु नै भए पनि आफ्नै जीवनदेखि हरेस खाएर विदेशमा नै आत्महत्या गरेका कारण उनको जीवन प्रेरणादायी हुन सकेन । यहि कारण नै सामाजिक सञ्जालमा बालेनको आलोचना भयो ।
विहानैदेखि बालेनको आलोचना हुन थालेपछि शनिवार दिउँसो बालेनले आफ्नो फेसबुक वालमा एउटै वाक्य लेखेर पोष्टिए– ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु, तपाईहरुको दिन शुभरहोस् ।’
कति पाउँछन् बालेनले महानगरबाट तलब ?
काठमाडौं महानगरका मेयर बालेनले शाहले चौतर्फी विरोधपछि पनि आफ्नो निर्णय फिर्ता लिएनन् । आफू पनि र्यापर भएका कारण पनि निर्णय उल्ट्याएर उनी आफ्ना पंक्तिका युवाहरुको चित्त दुखाउन चाहेनन् ।
बरु उनले आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने संकल्प गरे । बालेनको यस्तो निर्णयपछि हिपअप म्युजिकमा रमाउने एउटा पंक्ति पनि खुशी देखियो भने विरोधीहरु पनि चुप लाग्न बाध्य भए ।
आफ्नो तलबबाट सालिक बनाउने बताएका मेयर शाहले महानगरपालिबाट तलब कति पाउँछन् त भन्ने जिज्ञासा हुन सक्छ ।
बाग्मति प्रदेश सरकारको निर्णय अनुसार शाहले अन्य सेवा सुविधा छाडेर तलब मात्रै ४२ हजार पाउँछन् । भत्ता लगायतका अन्य सेवा सुविधा गरेर बालेनले बैधानिक रुपमा मुश्किलले ५० हजार कमाउँछन् । मासिक ५० हजार नै जोड्ने हो भने पनि बालेनको झण्डै साढे २ वर्षको तलब भत्ता नै शालिक बनाउन खर्च हुनेछ ।
यद्यपि स्थानीय मन्त्रालयले भने महानगरको मेयरलाई ६० हजारसम्मको तलब प्रस्ताव गरेको छ । जुन कार्यान्वयनमा आइसकेको छैन ।
हिपहप पश्चिमा संस्कृति, अश्लिल शब्द चयन
खासगरी पछिल्लो समयमा सीमित युवाहरु मात्र होइन, ठूलो पंक्ति र्याप म्युजिकमा आकर्षित छ । युवा युवती मात्र होइन, बालबालिकाहरुको आकर्षण पनि बढ्दै गइरहेको छ ।
पश्चिमेली संस्कृतिको हिमअप आकर्षित युवाहरु ठाउँ ठाउँमा र्याप ब्याटलमा जमिरहेका हुन्छन् भने काठमाडौं, पोखरा लगायतका सहरहरुमा पछिल्लो समय ब्यवसायिक रुपमा नै यस्ता ब्याटलहरु सञ्चालन हुने गरेका छन् । यद्यपि यस संगीतका नेपाली युवाहरु भने अधिकांश दुब्र्यवसनीमा रहेको खुलासा भइरहेका छन् । पछिल्लो समयका चर्चित युवा जी–बबको घटनाले पनि यसलाई पुष्टि गरिदियो ।
र्यापमा प्रयोग गरिने शब्दहरु पनि छाडा र अश्लिल हुने गरेकाले पनि छाडा संस्कृतिका रुपमा कतिपयले लिने गरेका छन् । र्यापर अश्लिल शब्द मिसाएर गीत गाउनुलाई सामान्य ठान्छन्, जुन परिवारसँगै बसेर सुन्न समेत सकिँदैन ।