काठमाडौं । एमसीसीको विरोधका क्रममा प्रहरीको अश्रुग्यासको सेलले लागेर घाइते भएका डडेल्धुराका हेमराज अवस्थीको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिने भएको छ ।
उनको टाउकोमा प्रहरीले हानेको अश्रुग्यासको सेल लाग्दा उनी घाइते भएका हुन् । ट्रमा सेन्टरमा उपचार भइरहेको उनलाई थप उपचारका लागि अन्नपूर्ण न्यूरोमा लगिएको हो ।