Media Network

बारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


खबरस्टोरी संवाददाता

८ बैशाख २०७९,बिहीबार

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ मुसरीमाई मन्दिर नजिक बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पर्साको विरगञ्ज महानगरपालिका–३१ का ३२ वर्षीय रमेश चौलागाई रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाइन अस्पतालमा मृत्यु भएको हो । 

सिमराबाट रामवनतर्फ जाँदै गरेको ना १९ प ८८१८ नम्बरको मोटरसाईकल आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद