Media Network

बर्दिबासका मेयरकाे गाडीलाई एम्बुलेन्स बनाउने निर्णय


खबरस्टोरी संवाददाता

१२ जेष्ठ २०७९,बिहीबार

महोत्तरी । बर्दिबास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रह्लाद क्षेत्रीले मेयरको हैसियतमा आफू चढ्ने सरकारी गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गरेका छन् । क्षेत्रीले कार्यभार ग्रहण गर्दै स्वास्थ्य सेवा सम्बन्धि निर्णयहरु गरेका हुन् । 

नगरबाट उपलब्ध भएको गाडिलाई एम्बुलेन्स बनाउने बताउँदै नगरप्रमुख क्षेत्रीले सधैँभरी नगरको समस्याबाट नजिक रहने पनि उल्लेख गरे । 

गर्भवती महिला र नगरभित्रका विपन्न नागरिकहरूको लागि विशेष स्वास्थ्य उपचारको प्याकेज घोषणा गरेका छन् ।

गर्भवती महिलाहरूलाई निःशुल्क उपचार गर्नेदेखि विपन्न नागरिकहरूलाई निःशुल्क स्वास्थ्य बिमा गरिने नगरप्रमुख क्षेत्रीले विहीबार पदभार ग्रहण गर्दै घोषणा गरेका हुन् ।

हिमाल, पहाड र तराइका गर्भवती महिलाहरूलाई स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन सरकारले प्रदान गर्दै आएको यातायात खर्च बापतको क्रमशः १ हजार, २ हजार र ३ हजारमा यदि बर्दिबासका नागरिक भए १ हजार समेत थप्ने निर्णय गरिएको नगरप्रमुख प्रह्लाद क्षेत्रीले जानकारी दिए ।

नवनिर्वाचित नगरप्रमुख क्षेत्रीले नगरबाट पाउने सबै प्रकारका सुविधा नलिने पनि घोषणा गरेका छन् । 

बर्दिबासमा सबैभन्दा ठूलो समस्याकोरुपमा रहेको नदिजन्य वस्तुको उत्खनन‍्मा पनि तत्काल ध्यान दिने बताएका छन् । प्राविधिक तथा अनुगमन समिति बनाई नगरभित्रका क्रसर उद्योगलाई समेत व्यवस्थित बनाउनेमा नगरप्रमुख क्षेत्रीले प्रतिबद्धता जनाएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद