Media Network

बर्दियामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

बर्दिया। बर्दियाको बारबर्दिया नगरपालिका–७ सिउनियामा हिजो साँझ मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ५३ वर्षीया रीता रिजाल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साइकलयात्री रिजाललाई हिजो साँझ पौने ६ बजे भे ६ प २९१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । 

मोटरसाइलक सहित चालकलाई ईलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद