Media Network

बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या १३ पुग्यो


खबरस्टोरी संवाददाता

२१ असार २०७९,मंगलवार

काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ । सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान ७ बजेतिर सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको थियो । 

धुलिखेल अस्पतालमा उपचार गराइरहेका थप चार जनाको मृत्यु भएसँगै बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या जम्मा १३  पुगेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिंककाअनुसार दुर्घटनास्थलमा ९ जनाको मृत्यु भएको थियो । 

घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु आले मगर, ३६ वर्षीय खडकबहादुर बिक, सुनापति–४ की २६ वर्षीया समरिता तामाङ,  काभ्रेको रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका–८ का १८ वर्षीय सुदीप गजमेर, मण्डन देउपुर गाउँपालिका–९ की ६० वर्षीय सुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर बिक रहेका छन् । मृतक अन्यको सनाखत भइसकेको छैन । 

घाइते ११ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर अवस्थाका तीन जनालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद